त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशील बहादुर बज्राचार्यले रिक्त शिक्षाध्यक्ष पदमा त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफा (४) मा व्यवस्था भएअनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनाललाई निमित्त शिक्षाध्यक्ष र रिक्त रजिष्ट्रार पदमा सोही ऐनको दफा २० को उपदफा (४) अनुसार व्यवस्थापन सङ्कायका डीन प्रा.डा महानन्द चालिसेलाई निमित्त रजिष्ट्रार तोक्नुभएको छ । डीनको अत्तिरिक्त निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारको जिम्मेवारी प्राप्त गर्नुभएका प्रा.डा खनाल र चालिसेले मिति २०८३।०२।०४ मा कीर्तीपुरस्थित क्रमश: शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयमा उपस्थित भई पदवहाली गर्नुभएको छ ।
